श्रेणी ५ को मानिएको विनाशकारी सामुन्द्रिक आँधी 'इरमा' ले उत्तरी क्यूवालाई क्षति पुर्याउँदै यतिबेला अमेरिकाको फ्लोरिडा राज्य तर्फ डरलाग्दो रूपले बाटो लिएको छ। ठूलो हावा हुन्डरी, भारी वर्षा तथा बढ्दो समुन्द्री छालले फ्लोरिडा राज्यमा बिनास गर्ने अनुमान गरिदै छ।
फ्लोरिडाका अधिकारीहरूले स्थानीय बासिन्दाहरूको घर घरमा गै मान्छेहरूलाई सुरक्षित स्थान तर्फ भगाएका थिए। सामुन्द्रिक आधिको बिनासबाट बच्न फ्लोरिडा छोडेकाहरुको भीडले उत्तरी क्षेत्र तर्फको हाईवेमा जाम भएको छ।
राष्ट्रिय हुरेकन केन्द्रका अनुसार शनिबार बिहान निरन्तर रुपले श्रेणी ४ को आधी १५५ माईल प्रति घन्टाले फ्लोरिडातर्फ उन्मुख रहेको छ। यस अघी क्यूबाको क्याम्बुजी आर्चिपेलगोमा ५ श्रेणीमा नोक्सानी पुर्याएको थियो। सामुन्द्रीक छाल २३ फीट उठेको रेकर्ड गरीएको र यस भन्दा ठूलो छाल अझै उठन सक्ने अधिकारीहरुले जनाएका छन्।
यो साता क्यारिबियनमा २४ जनाको ज्यान लिइसकेको बिनासकारी इरमा आधीले क्यूबामा श्रेणी ५ मा रहेर बिनास गरी दक्षिण फ्लोरिडाको नजिक पुगेको हो । क्युवामा बिनास गर्नु पूर्व यो श्रेणी ४ मा हुने अनुमान गरीएको थियो।
बिनासकारी इरमा आइतवारको प्रारम्भमा फ्लोरिडा किज र दक्षिण फ्लोरिडाको नजिक हुने अनुमान गरिएको छ, र धेरै बासिन्दाहरू त्यहाँको उच्च स्थान आइल्याण्डमा गएका छन्। फ्लोरिडाको राज्य सरकारले करिब ५६ लाख मानिसहरू हटाउन आदेश दिएको गभर्नर गोभ-रिक स्कटले जनाएका छ्न्।
‘यदि तपाईँलाई हटाउन आदेश दिइएको छ भने, अब छोड्नुहोस्। आज राति होइन, एक घण्टा पछी होइन अहिले नै,’ गभर्नर स्कटले शुक्रबार राति फ्लोरिडाका बासिन्दालाई आग्रह गरेका छ्न्। घरमा बस्दा १२ फीट भन्दा बढीको पानी जम्न सक्ने समेत गभर्नर स्कटले थपे।
"यो जस्तो होस त्यती नै वास्तविक हो, फ्लोरिडा किज को कुनै पनि भाग सुरक्षित रहने छैन ……. स्थान छोडन तपाइहरु सँग ऐले पनि समय छ," राष्ट्रीय मौषम सेवाले ट्वीट गरेको छ ।
भर्जिनियाराज्यमाआपातकालिनस्थितिकोघोषणायसैबीच भर्जिनियाका गभर्नर टेरी मकलीफले भर्जिनिया राज्यमा आपतकालिन स्थितिको घोषणा गरेका छन्। बिनासकारी सामुन्द्रीक आधी इरमाका लागि प्रभावकारी रुपमा तयार गर्न र अन्य प्रभावित राज्यहरुलाई सहयोग गर्नका लागि यो आपतकालिन स्थितिको घोषणा गरीएको गभर्नर टेरीले जनाएका छन्।
अमेरिकाकापूर्वपाँचराष्ट्रपतिद्वारा ‘
एकअमेरिकाअपील’
अमेरिकाका पूर्व ५ राष्ट्रपतिले बिनासकारी आधीपीडितको सहयोगका लागि ‘एक अमेरिका अपील’ को सुरुवात गरेका छन्। पाँच पूर्व अमेरिकी राष्ट्रपतिले ‘एक अमेरिका अपील’ को सुरुवात गर्न संयुक्त रुपमा काम गरेका छन् जस मार्फत हार्वे तथा इरमा जस्ता सामुन्द्रिक आधीबाट पीडितका लागि सहयोग जुटाईने छ। उक्त घोषणा पूर्व राष्ट्रपति जर्ज एच बुशको कार्यालयले बिहिवार गरेको हो।
पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुश, बिल क्लिन्टन, जर्ज एच बुश तथा जिमी कार्टर सहभागी रहेको उक्त अभियानबाट प्रभावित भएका थिए जस मार्फत पीडित समुदाय र सामुदायिक समुदायहरुलाई सहयोग गर्ने र संस्था, स्वयंसेवक र छिमेकीहरूलाई सहयोग पुर्याउँदै हार्वेबाट पीडितहरुलाई सहयोग प्रदान गरिने जर्ज एच डब्ल्यू बुशको कार्यालयले जनाएको छ।
पूर्व पाँच राष्ट्रपतिको उक्त घोषणा पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समर्थन रहेको जनाउदै ट्वीट गरेका छन्, ‘हामी कुनै पनि चुनौतीको सामना गर्नेछौं, चाहे जति ठूलो हावा होस वा उच्च पानी होस्। म गर्वका साथ राष्ट्रपतिहरुका साथ रहेको छु।’
यस अभियानको शुरुवातमा टेक्सासमा आएको हुराइकन हार्वेका पीडितहरुका लागि सहयोग जुटाउने उद्धेस्य राखिएको थियो, तर फ्लोरिडामा आउँदै गरेको हुराइकन इरमालाई यस अभियानमा सामेल गरिएको छ । अब यस अभियानले दुबै सामुन्द्रीक आधीबाट पीडितलाई सहयोग जुटाउने छ।
( पूर्व पाँच राष्ट्रपतिहरुको घोषणा भिडियोमा)
https://www.youtube.com/watch?v=WCKJPn1UcXc
"एक अमेरिका अपिल " को यस लिन्क मार्फत सहयोग गर्न सकिने छ ।