अमेरिकामा ५० वर्ष अघि नेपाली भाषी प्रवासीहरुको हितका लागि स्थापना गरिएको सामाजिक संस्था ‘अमेरिका नेपाल सोसाईटी' (एएनयस) को आसन्न निर्वाचनमा अध्यक्षका लागीस भर्जिनिया निवासी प्रभा भट्टराई देउजाले उम्मेदवारी दिएकी छन्।
नेपालबाट १३ वर्षको उमेरमा अमेरिका आई यहाँको शिक्षा ग्रहण गरेकी प्रभा हाल 'ओराईकल्' नामक सफ्टवेयर कम्पनीमा डाईरेक्टको पदमा कार्यरत छन्। अमेरिकामा समाजिक संस्थाहरुमा महिलाहरुको सहभागिता एक सुखद उपलब्धि मानिएको छ।
यसै सन्दर्भमा एएनयसको अध्यक्षको प्रत्यासी प्रभा भट्टराई देउजासँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश
अमेरिकाकानेपालीसस्थामायूवाहरुकोसहभागीताआवस्यकहाम्रो जीवनकालको सबैभन्दा जोस्, जाँगर र उमङ्गले भरिभराउ उमेर नै यूवा अवस्था हो। भविस्यको गोरेटो कोर्ने स्वर्णीम अवसर भएको उमेर पनी युवा अवस्था नै हो। यस अवस्थामा उज्वल सपनाका लागि अत्याधिक आत्म विश्वास्, अदम्य साहस, सृजनसिल्, गतिशिलता र सकृयता हुने कारणले पनि युवा अवस्था अत्यन्तै सम्बेदनशिल मानिन्छ।
युवाहरु समाजको बिकासक्रमका लागि वर्तमानका साझेदार शक्ति मानिन्छन् र भबिस्यका कर्णधार पनि! कुनै पनि मुलुकको सामाजिक, आर्थिक, राजनितिक, सास्कृतिक परिवर्तनका लागि युवाहरुको साझेदारीलाई महत्वपूर्ण मानिन्छ।
बाल्यकाल पूर्ण गरी सुरुवाती युवा हुँदै परिपक्क युवा अवस्थामा प्रवेस गर्ने युवाहरु समाजलाई डोर्याउन सक्ने हैसियत राख्छन्। समाजमा रहेको बिसंगती र विकृतिलाई अन्त्य गर्दै समाजलाई सही बाटो देखाउने शक्ति नै युवाहरु हुन्। तर, अमेरिकी नेपाली समाज भित्रका यी नेपाली युवाहरु नेपाली भाषी संघ संस्थाबाटै उपेक्षित छन्।
अमेरिकाभरि छरिएका यी युवाहरु आ-आफ्नो तरिकाले भबिस्य निर्माणमा कस्सिएका छन्। युवा नेपालीहरु बिचको भरपर्दो नेटवर्किङको अभाब तथा स्थानीय नेपाली संघ संस्थाहरुको कमजोरीका कारण एउटै काउन्टी वा शहर भित्रै बसोबास गर्नेबीच चिनजान समेत हुन नसकेको अवस्था छ। यी युवाहरु बिच चिनजान गराउने, आपसी सहयोगको भावना जगाउने, दुःख र सुखमा एक आपसमा भाईचारा कायम राख्नका लागि पहल गर्ने सस्थाहरु कही भेटिदैनन। नयाँ ठाउँ, नयाँ परिवेशमा सात समुन्द्र पारिको बिरानो ठाउँमा एक्लोपनका बीच समस्यै समस्यालाई झेल्दै छन् यी युवाहरू।
अमेरिकामा नेपाली भाषीहरुको उत्थानका लागि भनि खोलिएका अनेकौ संस्थाहरु छन् तर यी युवाहरुको सहयोग र उत्थानका लागि अघि सर्ने संस्थाहरु कहिँ कतै देखिएका छैनन।
यस्तै अवस्था झेल्दै जाने हो भने नेपाली समाजले भबिस्यमा ठूलो मूल्य चुकाउने पर्नेछ। पहिलो त युवाहरु नेपाली समाजबाट क्रमशः विस्थापित हुने छन्, दोस्रो भाषा, कला र संस्कृति बिर्सने छन र तेस्रो- अत्याधिक चिन्ताका कारण डिप्रेसनको रोगीसमेत हुन सक्नेछन्।
यसै परिपेक्षमा यूवासँग सहकार्य गर्दै उनीहरुको उल्लेखनीय सहभागीतामा एएनयसले आयोजना गरेको पहिलो हेरिटेज नेपाल फेस्टिवल लगायत नेपाली भाषा, कला र संस्कृति झल्काउने बिबिध कार्यक्रमहरु सन्चालनमा मेरो सकृयता रह्यो।
यूवाहरुकोनेटओर्किङबनाउनआवस्यकअमेरिका मै जन्मिएका र हुर्किएका युवाहरुलाई भने अवसरहरुको खोजीमा धेरै सहजता हुन्छ र यिनीहरु अनुभबी पनि हुन्छन्। नेपाल मै हुर्केर आएका युवाहरु र यही हुर्किएका नेपाली अमेरिकन युवाहरु बिच समन्वय गराउन सकियो भने नव आगन्तुक युवाको उत्थानमा धेरै ठूलो सहयोग पुग्नसक्ने देखिन्छ।
यस तर्फ आ आफ्नो राज्य भित्र बसोबास गर्ने नेपाली समुदायहरुले सकृयता बढाउन आवस्यक छ।
यस किसिमको यूवाहरु बिचको नेट ओर्किङबाट आपसमा अनुभवको आदान प्रदान हुने छ भने स्कुलको ग्राजुएसन पस्चातको अध्ययन अध्यापन, 'जब' लगायतका अन्य अवसरहरुको खोजीमा समेत सहयोग पुग्ने छ ।
परिवर्तनआजैबाटगर्नुपर्छअनिआफैंबाटगर्नुपर्छएएनयसले नेपाली समाजलाई अमेरिकी समाजसँग सम्बन्ध गराउनुमा महत्वपूर्ण भूमिका खेलेको छ। मेरो ज्ञानको आधार, यहाँ किशोर अवस्थादेखि गुजारेको समय, उच्च शिक्षा हासिल गरेको आधारमा, एउटा पेशामा काम गरिरहेको आमा जस्ले आफ्नो छोरीलाई हुर्काएको अनुभब र त्यो छोरी जस्ले आफ्नो कलेजको अध्ययन समापन गरेर यहाँको जीवनसँग घुलमिल छिन यी सबैको आधारमा म के भन्न सक्छु भने एएनयसलाई एउटा नयाँ तहको नेतृत्व दिन सक्षम छु।
म यो मिसनमा एक्लै छैन म जस्तै सक्षम र होनहार स्वयं सेवक पनि छन जो संग एएनयसका लागि चाहिने भिजन तथा दूर दृष्टि छ त्यसैले म यहाँहरूलाई अवगत गराउनु चाहन्छु कि यो कार्यमा म एक्लै छैन। हामीहरु समूहगत रुपमा सँगै अगाडि बढ्दैछौं।
यूवा बिनाको संस्था अपुरो हुन्छ भन्ने मेरो मान्यता छ । हामीले हाम्रो दोस्रो प्रुस्तालाई आफ्नो भाषा कला र संस्कृतिका बारेमा जानकारी गराउने, परिचीत गराउने, शिक्षित गराउने र उनीहरुमा सेवा भावको विकास गर्दै नेपाली संस्थामा प्रत्यक्ष सहभागी गराउने तर्फ मेरो प्रथम प्राथमिकता छ।
परिवर्तन आजैबाट गर्नुपर्छ अनि आफैंबाट गर्नुपर्छ। यति भनिरहदा परिवर्तन गर्न खोज्ने इच्छुकहरुमा नयाँ उत्सुकता जाग्न सक्छ। यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अमेरिकास्थित नेपाली युवाहरु तत्पर रहनुपर्छ। नेपाली समाजलाई गतिशिल बनाउनका लागि परिवर्तन गर्न सक्ने शक्ती पनि युवा नै हो।
आजको युग भनेको २१ औँ सताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि युवाहरूसँग हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन।
आजको दिनहरुमा हामीले लिने हरेक निर्णयहरु बिबेकशील हुनु आबश्यक छ। हामीहरुले बिरोध गर्नुपर्ने कुराहरुलाई पनि भद्र तरिकाले आफ्नो बिबेकको सहि प्रयोग गरेर गर्नुपर्छ। नेपाली समाजलाई परिवर्तन गरि सम्बृद्ध बनाउने अठोट छ भने क्षणिक फाइदाको लागि कसैको पक्ष पोषण कदापी गर्नु हुँदैन।
सामाजिक संघ-संस्थामा प्रवेश गरेपछि राजनीतिको खोलमा समाज भाड्ने गतिबिधि जो कोही भए पनि अबिलम्ब बन्द गर्नुपर्छ। कोहि मान्छे संघ-संस्थाको नेतृत्व गर्न आउँछ भने अन्ध समर्थन गर्नु पनि हुँदैन। नेतृत्व गर्ने मान्छे कमसेकम समाजले पचाउने अनुहार र उसको व्यक्तिगत छबि कलंकित नभएको हुनुपर्छ।
उसले ल्याएको दृस्टीकोण र मुद्दाहरु समाजलाई परिबर्तन गराउन सक्ने साथ-साथै समाजलाई सहि दिशानिर्देश गराउने खालको छकि छैन हामीले अध्यन गर्नु जरुरि छ।
युवाहरुलाई नेपाली समाज लगायत संघ संस्थाहरुले पनि नविन चेतना र जिम्मेवारी दिनुपर्छ। अमेरिकामा नेपाली समाज अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध बिकृती र बिसँगतीको झमेलामा अल्झिएको अवस्था छ। समाज भित्रै ठग्ने र ठगिने, भाड्ने र भाँडिने जस्ता कुराहरुले नेपाली समाज गलत बाटो तर्फ लागेको भनक पाउन सकिन्छ। यस्ता कृयाकलापहरुले सबै नेपाली समुदाय नोक्सानी पुर्याएको छ। अमेरिकामा नेपाली समाजलाई कुन अवस्थामा लैजाने हो त्यसका लागि यूवा बर्गसँग सहकार्य गरी उनीहरुको हितमा कार्यक्रम सञ्चालन गर्न अत्यन्त आवस्यक छ। अमेरिकामा युवाहरुको सकृय साझेदारी बिनाको नेपाली समाज वा संघ संस्थाहरुको भबिस्य देखिदैन।
यहि आउँदो ८ अक्टोबर २०१७ मा ५० वर्ष पुरानो अमेरिका नेपाल समाज (एएनयस ) ले नयाँ नेतृत्वको लागि आव्हान गरेको छ। हामी जहाँ २५ वर्ष देखी रहँदै आएको समाजमा आफूले गरेको योगदान र अनुभवहरूको आधारमा आगामी अवधिको लागि यो संस्थाको नेतृत्व गर्ने मेरो इच्छा भएको कुरा यहाँहरुमा अवगत गराउनु चाहन्छु।
१९८० को दशकदेखि यो समाजमा जीवनयापन गर्दै आउनु भएका सम्पूर्ण आदरणीय बाबा आमा दाजुभाई दिदीबहिनी महिला तथा सजनवृन्दहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मैले यो समाजको लागि गरेका सम्पूर्ण कामको मुल्यांकनको आधारमा मलाई यो समाजको नेतृत्व चयनमा पुर्णरुपमा सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास गर्दछु।