काठमाडौंस्थित अमेरिकन दूतावासमा अन्तर्वार्ताका क्रममा बाबुको पत्तो नलागेको बालकलाई बाबुको बारेमा सोधिएको प्रश्नका लागि दूतावासले माफि मागेको छ।
सेतोपाटीमा प्रकाशित आलेखपछि बालकका संरक्षकसँग सम्पर्क गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एण्डी आर्मेन्टले भनिन्- ‘यो प्रश्न सोध्नुको पछाडि बच्चालाई असर पार्नु थिएन। यसले बच्चालाई र आफन्तलाई परेको असर प्रति हामी दुखी छौँ।’
एण्डी आर्मेन्टले अगाडि भनिन् ‘नेपालबाट मानबतस्करी घटनाहरू बढिरहेका कारण यस्तो प्रश्न सोधिएको हो। प्रश्न सोध्ने ब्यक्तिले खराब मनसायले यो प्रश्न सोधेको होइन। र, हाम्रो मनसाय यस्ता बालबालिकाहरूलाई असर पार्ने होइन। हामी यस्ता बालबालिकाप्रति संवेदनशिल छौँ।'
अन्तर्वार्ताका क्रममा बच्चालाई परेको असरप्रति दूतावास संवेदनशील रहेको समेत एण्डीले बताएकी छन्।
यो पनि हेर्नुहोस्