सर्वोच्च अदालतले काममा फर्काउनु भन्ने आदेश पश्चाचत काममा फर्किएका नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालय झिकाउने बाटो खुल्ला भएको छ।
निर्वाच आयोगका प्रवक्ता नवराज ढकालले आज प्रेस विज्ञप्ती गर्दै मन्त्रालयलार्इ स्वीकृति दिइएको जनाएका छन्।
खड्कालाई निगममै राख्दा थप चलखेल गर्नसक्ने भन्दै मन्त्रालयले निगमबाट मन्त्रालय तान्न निर्वाचन आयोगसँग अनुमती मागेको थियो। निर्वाचन आचारसंहिता लागेकाले कुनै पनि कर्मचारीको सरुवा बढुवा गर्न आयोगको अनुमती लिनुपर्ने व्यवस्था रहेको छ।
तर आयोगले स्वीकृति दिएसँगै खड्कालाई मन्त्रालय झिकाउने बाटो खुल्ला भएको हो।
खड्काले तेल भण्डारणका लागि आवश्यक जग्गा खरिद गर्दा भ्रष्टचार गरेको तत्कालिन संसदिय समितिले अनुगमन पश्चात ठहर गरेको थियो।
यस अघि मन्त्रिपरिषदले खड्कालाई स्पष्टिकरण नसोधी बर्खाष्त गरेकोमा सर्वोच्चले काममा फर्काउन र हटाउनुकाे कारण देखाउन सरकारको नाममा आदेश दिएको थियो।