साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ ।
धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र रोपी सकेपछि आएको ठूलो बाढीका कारण धानको उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए।
यस वर्ष सप्तरीमा यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा गत वर्षभन्दा पाँच प्रतिशतले कमी (एक लाख ४९ हजार मेट्रिक टन) धान उत्पादन भएको छ । गत आवमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २.७५ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । आव २०७१÷०७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो ।
अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरी जिल्लामा ५४ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । रासस