नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान विकास बैंकले आफ्ना ग्राहक सदस्यलाई तीन दिने गाई भैंसीपालन तालिम प्रदान गरेको छ।
महोत्तरीको गौशालामा संचालन गरेको तालिममा गौशाला, जलेश्वर र औरही शाखाहरुका २३ सदस्यहरु सहभागी भएका थिए।
तालिमको संचालन गौशाला शाखाका प्रमुख हजरत अलीले गरेका थिए। तालिमको अवधिमा बैंकका ग्राहक सदस्यहरुलाई गाईभँैसी फर्मको समेत अवलोकन भ्रमण गराइएको थियो।
बैंकले देशभरी १८९ कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पुर्याउँदै आएको छ। असोज मसान्तसम्म १२ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ भने ग्राहकबाट ६ अर्ब ६८ करोड परिचालन गरेको छ।