केही समय अगाडि अस्वभाविकरुपमा आकाशिएको तरकारीको भाउ विस्तारै घट्न थालेको छ।
निरन्तरका चुनावी गतिविधिले उत्पादन घटेको तथा स्थानीय स्तरमै खपत बढ्दा मूल्य बढेको सरोकारवालाहरुको भनाइ थियो। तर चौतर्फी आलोचना हुन थालेपछि सरकार तरकारी बजार अनुगमनमा निस्किएपछि भने तरकारीको मूल्य बिस्तारै घट्न थालेको हो।
एक हप्ताको अघिको तरकारीको दर अहिले ३० प्रतिशतसम्मले घटेको छ। यस अवधिमा प्रति केजी भिण्डी ३०, बोडी २१, ब्रोकाउली १० तथा काउली स्थानिय १३ प्रतिशतले घटेको छ। तर यी बाहेक अन्य तरकारीको मूल्य भने स्थिर रहेको छ।
समितिका अनुसार आजको गोलभेडाको मूल्य औसतमा ९५ देखि १०५ रुपैंयाँ छ भने आलु ४५ देखि ५५, प्याज सुकेको ११५ रुपैंयाँ छ।
त्यस्तै काउलीको औसत मूल्य ४५ देखि ६५, भान्टाको ६५, बोडी ७५, तितो करेला ७५ र घिउ सिमी ११० रुपैंयाँ छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस्तो छ आजको मूल्य सूची-