सरकारले चिनीको भन्सार मुल्य वृद्धि गरेको छ। भारतबाट आयात हुने चिनीका कारण स्वेदशी उद्योग विस्थापित हुने अवस्थामा पुगेको भन्दै सरकारले चिनीको भन्सार मुल्यमा शत प्रतिशत वृद्धि गरेको हो।
हाल सरकारले भारतबाट आयात हुने चिनीमा १५ प्रतिशत भन्सार लिदैँ आएको थियो। सरकारले भन्सार वृद्धि गरेर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको हो। चिनी उद्योगीहरुले भारतबाट आयात हुने चिनी सस्तो रहेका कारण उखु किसानलाई मुल्य बढाएर दिन नसक्ने भन्दै भन्सार कडाईका लागि लबिङ गर्दै आएका थिए। चिनी उद्योगहरुले भन्सार शुल्य ५० प्रतिशत पुर्याउन माग गर्दै आएका थिए। उनीहरुले शत प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्ने चिनी उद्योगको रक्षाका लागि कदम चाल्न सरकारलाई दबाब दिदैँ आएका थिए।
सरकारले उखुको मुल्य समेत वृद्धि गरेको छ। हाल उखु किसानले प्रति क्वीन्टल ५ सय ३१ पाउँदै आएका थिए। सरकारले ५ रुपैँया ५६ पैसाले मुल्य वृद्धि गरेर ५ सय ३५ रुपैँया ५६ पैसा कायम गरेको हो।
सरकारको निर्णयसँगै चिनीको मुल्य बढ्ने देखिएको छ। हाल नेपालमा बार्षिक रुपमा २ लाख २५ हजार मेट्रिकटन माग हुदैँ आएको छ। जसमध्ये ५० हजार मेट्रिकटन भारतबाट आयात हुने गरेको थियो।
नेपालमा हाल १३ चिनी उद्योग सञ्चालनमा रहेका छन्। स्वेदशी उद्योगले १ लाख ७५ हजार मेट्रिकटन मात्रै आपूर्ती गर्दै आएको छ। सरकारले चिनीको उत्पादन मुल्य प्रतिकिलो ७० बाट बढ्न नदिन संयन्त्र बनाउने पनि निर्णय गरेको छ। हाल चिनीको मुल्य ८४ रुपैँया प्रति किलो रहेको छ। 'मुल्य बढ्न नदिन आवश्यक संयन्त्र बनाउने निर्णय भएको छ', सरकारका प्रवक्ता गोकूल बास्कोटाले भने।