आर्थिक वर्ष २०७५,०७६ मा खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने आर्थिका सर्वेक्षणले देखाएको छ।
खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व क्रमश ६.२ र ७.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
उत्पादकत्व वृद्धि, रासायनिक मलको सहज आपूर्ति, मौसम अनुकुलता लगायत खेतीका लागि उपयुक्त वातावरणले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने अनुमान लगाइको सर्वेक्षणले औँल्याएको छ।
कुल खेती योग्य जमिनको ८० प्रतिशत भन्दा बढी क्षेत्रफलमा लगाइने धान बालीको क्षेत्रफल आव २०७४,०७५ को तुलनामा आव २०७५,०७६ मा १.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
रासायनिक मलको सहज आपूर्ति, मौसमी अनुकुलता एवम्र नयाँ प्रविधिको विकास तथा प्रसारका कारण यस अवधिमा धानको उत्पादन र उत्पदकत्वमा क्रमशः ८.९ र ७.३ प्रतिशतले वृृद्धि हुने भएको छ।
मकै बालीको क्षेत्रफल आव वर्ष ०७४,०७५ को तुलनामा १.३ प्रतिशतले घटेर चालु आव ०७५,०७६ मा ९ लाख ४२ हजार ७९ हेक्टर कायम भएको छ। सो अवधिमा उत्पादन र उत्पादकत्व भने क्रमशः ३.५ र ४.८ प्रतिशतले बढेको छ।
करिब ९० प्रतिशत भन्दा बढी मकै बाली लगाइएकोले उन्नत विउविजनको प्रयोग भई बिउविजन प्रतिस्थापन दर १३.५ प्रतिशतबाट वृद्धि भई १५.३ प्रतिशत पुगेकोले उत्पादन तथा उ्रत्पादकत्वमा वृद्धि हुने भएको हो।
यस अवधिमा उन्नत बिउविजनको प्रयोग भई बिउविजन प्रतिस्थापन दर १४ प्रतिशतबाट बढेर १५.१ प्रतिशत पुगेकोले उत्पादन तथा उत्पादकत्वमा क्रमशः ४.५ र ७.६ प्रतिशत वृद्धि भई २० लाख ३६ हजार ७ सय ६ मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ।
कोदो बालीमा आव ०७५,०७६ मा अघिल्लो आवको तुलनामा उत्पादकत्व २.२ प्रतिशतले वृद्धि भई ३ लाख ५ सय ८५ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।
आर्थिक वर्ष ०७५,०७६ मा ९ हजार ८ सय ८३ मेट्रिक टन फापर बाली उत्पादन हृुने अनुमान गरिएको छ। यस अवधिमा फापर बालीको उत्पादकत्व भने १.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
जौँ बालीको उत्पादकत्व ३.३ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर १.१ मेट्रिक टन जौ उत्पादन हुने अनुमान गरिएको छ।
नेपाल सरकारले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि, भण्डारणको व्यवस्था र प्रशोधन तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।