आर्थिक वर्ष २०७५,०७६ मा दलहन तथा तेलहन(दाल, तेल) बालीको उत्पादनमा ह्रास आउने आर्थिक सर्वेक्षणले औँल्याएको छ।
दलहन बाली भित्र्याउने हिउँदको मौसममा लगातार वर्षा भएको कारणले दलहन बालीको समग्र उत्पादन र उत्पादकत्व घट्न गएको हो।
मुसुरो, चना, रहर, गहत, मास तथा भटमास लगायतका दलहन बाली लगाइएको क्षेत्रफल आर्थिक वर्ष ०७५,०७६ मा आव ०७४,०७५ को तुलनामा केही प्रतिशतले वृद्धि भएको भएता पनि उत्पादन र उत्पादकत्व भने क्रमशः १.७ र ३.३ प्रतिशतले कमी आएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
दलहन बालीको कुृल उत्पादनमा करिब दुइ तिहाई हिस्सा योगदान मुुसुरो बालीको उत्पादन आव ०७५,०७६ मा अघिल्लो आवको तुलनामा ०.०६ प्रतिशले घटेर करिब २ लाख ३४ हजार मे.ट रहेको छ।
आव ०७५,०७६ मा मुसुरो बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व समेत क्रमशः ०.०१ र ०.०८ प्रतिशतले घटेको छ।