सरकारले भारत सरकारसँग सिधै रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। जि टु जि माध्यमबाट मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृत दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
सरकारले मल समयमै मल खरिद गर्न नसक्दा किसानले मल पाएका थिएनन्। मकै लगाउने समय घर्की सकेको तथा धान बाली लगाउने समय आइसक्दा पनि मल उपलब्ध नहुँदा देशभरका किसानहरु चिन्तित बनेका छन्।
सार्वजनिक खरिदको प्रक्रियाबाट जाँदा समयमै मल ल्याउन सम्भव नहुने भन्दै कृषि मन्त्रालयले भारत सरकासँग सिधै खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लिएको थियो।