सरकारले यस वर्ष १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ। ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुल नाराका साथ धान दिवस मनाइन लागेको हो।
मुठ्ठी रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ। गाउँघरमा हतार चटार गरेर भएपनि धेरै किसानले असार १५ गते धान रोप्ने गर्छन्। त्यसैले यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाईदैँ आएको छ।
चालू आवमा ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको थियो।
नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ। नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धान को खेती हुँदै आएको छ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिन्छ।