नेपालको प्रमुख खाद्यान्न बाली मकैको उत्पादन वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष ०७३÷०७४ मा २३ लाख २० हजार मेट्रिक टन मकै उत्पादन भएकोमा ०७४÷०७५ मा २५ लाख २५ हजार मेट्रिक टन उत्पादन भएको तथ्याङ्कले देखाएको छ।
गएका तीन वर्ष मकै उत्पादन निरन्तर बढेपनि मकै खेती हुने क्षेत्रफल भने घटेको छ।
२०७४ मा ९ लाख ५४ हजार हेक्टरमा मकै बाली लगाइएको थियो भने चालू आवमा ९ लाख ४२ हजार हेक्टरमा लगाइएको छ। अघिल्लो वर्षको तुलनामा मकै उत्पादन भने बढेको छ। यो वर्ष २६ लाख ४४ हजार मेट्रिक टन मकै उत्पादन भएको छ।
मध्य पहाडी क्षेत्रमा भिरालो जग्गा धेरे हुने भएकाले त्यस्तो गाउँमा मकै खेती नै गरिने विज्ञहरू बताउँछन्। त्यो क्षेत्रमा भने निर्वाहमूखी रूपमा मकै खेती हुँदै आएको छ।
तराई क्षेत्रमा भने व्यवसायिक रूपमा हाइब्रीड जातका मकै ठूलो परिमाणममा खेती हुँदै आउकोछ।
यस्तो खेती बढ्दा उत्पादन निरन्तर बढेको कृषि अधिकारीहरुको भनाइ ५।
मकै खेती उत्पादन हुने ठाउँमा समयमै मल, बिऊ र सिंचाई पुगेकोले मकैको उत्पादन बढेको कृषि मन्त्रालयको भनाइ छ।
आर्थिक वर्ष | क्षेत्रफल | उत्पादन |
०७३÷०७४ | ८९७.७९ | २३२०.० |
०७४÷०७५ | ९५४.१८ | २५५५.८४ |
०७५÷०७६ | ९४२.०८ | २६४४.८ |