धानखेती हुने क्षेत्रफलको १४.२ प्रतिशत भुभागमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार असार १५ सम्म उच्च पहाडी क्षेत्रमा ३९, पहाडमा २२ र तराई क्षेत्रमा ११ प्रतिशत रोपाई भएको हो।
कृषि मन्त्रालयका अनुसार देशभर १४ लाख ९१ हजार ७४४ हेक्टरमा धान खेती हुने गरेको छ।
मनसुन ढिलागरी शुरु हुँदा गत वर्षको तुलनामा यो वर्ष न्यून क्षेत्रमा रोपाइ भएको छ। अघिल्लो वर्षको असार १५ मा १५ प्रतिशत क्षेत्रमा रोपाइ भएको थियो।