किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)को आभाव भएको छ ।
कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले जनाएको छ । धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको उक्त शाखाका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए।
उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकामा अहिले एउटा बोरा पनि मल यहाँको गोदाममा छैन। डिएपी मलको आभाव भए पनि युरिया मल भन्ने पर्याप्त छ ।
किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मलको अभाबले रोपोमा हाल्न नपाउनाका साथै साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ ।
मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको प्रमुख चौलागाईंले बताए। सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् ।