देशभर ८० प्रतिशत धान रोपाई सकिएको छ। कृषि विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन १२ गते सम्ममा देशभर ८० प्रतिशत रोपाइँ सकिएको हो। गत वर्ष सोही अवधिमा ८१ प्रतिशत रोपाइँ सकिएको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी सुदुर पश्चिम प्रदेशमा करिब ९५ प्रतिशत धान रोपाइँ भएको छ।
त्यसैगरी कर्णालीमा ९२ दशमलब ४०, गण्डकी र प्रदेश ४ मा ८४ प्रतिशत धान रोपाइँ भएको छ भने प्रदेश ३ मा ७८ दशमलब ८३ प्रतिशत धान रोपाई भएको छ।
विभागको तथ्याङ्क अनुसार प्रदेश २ मा ७४ दशमलब ५० प्रतिशत धान रोपाइँ भएको छ। सबैभन्दा थोरे प्रदेश १ मा ७१ दशमलब ६५ प्रतिशत धान रोपाइँ भएको छ।
सो अनुरूप उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत, मध्य पहाडमा ८० दशमलब ७८ प्रतिशत र तराईमा ७९ दशमलब ७८ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ।