देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन १८ गते सम्ममा देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको हो।
यो गत वर्षको भन्दा करिब ४ प्रतिशतले कमी हो। गत वर्ष सोही अवधिमा ३ दशमलब ६२ प्रतिशत धान रोपाइँ सकिएको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी धान रोपाइँ सुदुरपश्चिम प्रदेशमा ९५ दशमलब ३३ प्रतिशत सकिएको छ। कर्णाली प्रदेशमा ९४ दशमलब १० प्रतिशत र प्रदेश ५ मा ८८ दशमलब ८६ प्रतिशत रोपाइँ सकिएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा ८६ दशमलब ५९, प्रदेश ३ मा ८८ दशमलब ६७ धान रोपाइँ सकिएको छ भने प्रदेश २ मा ८१ दशमलब ९९ प्रतिशत धान रोपाइँ सकिएको तथ्याङ्कले देखाएको छ।
सबै भन्दा कम प्रदेश १ मा ८० दशमलब १३ प्रतिशत धान रोपाइँ भएको छ। भौगोलिक अवस्था अनुसार उच्च पहाडमा ८८ दशमलब ८४, मध्य पहाडमा ८६ दशमलब ६५ र तराइँमा ८५ दशमलब ६३ प्रतिशत रोपाइँ भएको छ।