देशभर ९५ प्रतिशत धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष कूल धान रोप्न योग्य क्षेत्रफलको ९५ प्रतिशत धान रोपाइँ भएको हो।
गत वर्ष यहो अवधिमा देशभर ९७ प्रतिशत धान रोपाइँ भएको थियो
मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशको सबै भुभागमा धान रोपाइँ भएको छ। त्यस्तै कर्णाली र प्रदेश ३ मा ९७, प्रदेश १ र २ मा ९४ र प्रदेश ५ मा ९५ प्रतिशत धान रोपाइँ भएको छ।
सबै भन्दा थोरै गण्डकी प्रदेशमा ८८ दशमलब ९२ प्रतिशत धान रोपाइँ भएको छ।
भौगालिक अवस्थाअनुसार उच्च पहाडमा ९७ दशमलब ९३, मध्य पहाडमा ९१ दशमलब ९५ र तराईमा ९५ दशमलब ९३ प्रतिशत धान रोपाइँ भएको छ।