भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँ गाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताएकी छन्।
नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीयले आयोजना गरेको ुनेपाल सहकारी विकास साझेदारी कार्यक्रम नेपालमा सहकारीको आगामी पुस्ताको लागि ढाँचाको तयारी सम्बन्धी कार्यशालाु गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले शहकारीको उपस्थिति निम्नस्तर बर्गसम्म पुग्नुपर्ने बताएकी हुन्।
साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु गाउँसम्म पुग्नुभएको छ। अझ निम्नस्तरसम्म पुग्नेगरी अगाडी बढ्नुस्।’
सहकारी माथि ठूलाका हातमा भए र तिनीहरूले फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताइन्।
आम मान्छेको जीवन बदल्नेगरी सहकारीले योगदान दिनुपर्ने उनको भनाइ छ। ‘शहकारीले राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिनुपर्छ। मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्नेगरी अगाडी बढ्नुस्’, मन्त्री अर्यालले भनिन्।
अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडी बढ्नुपर्ने भन्दै मन्त्री अर्यालले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन्।
भूमि साधन र स्रोत दुवै भएकाले पूँजिको रूपमा यसको प्रयोग हुनुपर्ने उनको तर्क छ।
‘अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छु, मन्त्री अर्यालले भनिन्, ‘अबको भूमिको प्रयोगका लागि राज्यले कानुन बनाएर नीजि सम्पत्तिको सदुपयोग उचित ढंगले गराउँछ।’
भएको जमिनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ। त्यो योजनाका साथ बजारले के खोज्छ र माटोमा के उत्पादन हुन्छ भन्ने आधारमा व्यावसायिकरण गर्दै जानुपर्ने मन्त्री अर्यालले बताइन्।
अब गाउँगाउँमा सहकारीको मोडलमा सामुहिक फार्महरू सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले जनतालाई काम गर्नका निम्ती झञ्झट बनाउने खालको कानुनका बाधाहरू फुकाउँदैँ लैजाने बताइन्।