बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट गर्दा किसान चिन्तित बनेका छन्।
बिहीबार राति परेको असिनासहितको पानीले सिगास गाउँपालिका–९ को करीब दुई सय रोपनीमा लगाएको धानबाली असिनाले नष्ट गरेको छ।
भित्र्याउने समय भएको धानबाली नष्ट हुँदा भोकमरी हुने चिन्ता बढेको किसानहरुले बताएका छन्।
बेँसी क्षेत्रमा मुख्य खाद्यबालीको रुपमा रहेको धानबाली नष्ट हुँदा सो क्षेत्रका किसान चिन्तित बनेको सिगास गाउँपालिका–९ का टेक विश्वकर्माले बताए।
यस्तै केही दिनअघि परेको असिनाले दशरथचन्द नगरपालिका–१ कलौनमा पनि धानबाली नष्ट गरेको स्थानीयवासी अम्बादत्त बडूले जानकारी दिए। रासस