कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले संघ, प्रदेश र स्थानीय तीनै तहको समन्वयको लागि संयन्त्र बनाउने बताए।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भुसालले तीनै तहको समन्वयका लागि बलियो संयन्त्र बनाएर अघि बढ्ने बताए।
‘कृषिलाई समृद्ध बनाउन संघ, प्रदेश र स्थानीय तह बिचमा समन्वयको खाँचो छ,’ मन्त्री भुसालले भने।
सरकारको नीति तथा कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा आफूले जोड दिएको उनले बताए। मन्त्रालय पारदर्शी भएर लाग्ने छ। आगामी दिनमा मन्त्रालय विवेकबाट मात्र नभई विधिबाट चल्ने उनले बताए।