कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस आर्थिक वर्ष ०७६÷०७७ मा ५५ लाख ५१ मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ। गत आव २०७५/०७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
यो गत वर्षको तुलनामा १ प्रतिशतले कमी हो। खेतमा धानको बाला लहलहाएसँगै कृषि मन्त्रालयले कति धान फल्छ भनेर हरेक वर्ष अनुमान गर्ने गर्दछ।
मन्त्रालयको गरेको प्रक्षेपणअनुसार गत वर्ष काे यस वर्ष ५९ हजार मेट्रिक टन धान कम फल्ने देखिएको छ।
समयमा रोपाई हुन नसकी केही जमिन बाँझो रहेको, मनसुन ढिलो सुरू भएको, केही स्थानमा किराको प्रकोप तथा विउका समस्या जस्ता प्रमुख कारणले गत आबको तुलनामा धानको उत्पादन सामान्य रूपमा घट्न आएको मन्त्रालयका सहायक प्रवक्ता प्रदिप भट्राईले बताए।
यो उत्पादन अंक गत आबको तुलनामा सामान्य कमि देखिएपनि विगतका इतिहासको दोस्रो सर्वाधिक उत्पादन बर्षको रूपमा कायम भएको उनी बताउँछन्।
‘उत्पदकत्वको हिसाबबाट अहिले सम्मकै उच्च हुन गएको छ। विगत पाँच बर्षका धान उत्पादन विश्लेषण गर्दा आ.ब. २०७२/७३ को तुलनामा यो उत्पादन करिब २० प्रतिशतले बढी अर्थात १२ लाख ५१ हजार मेट्रिक टनले बढी हुन आएको छ’, उनले भने।
यसैगरी सोही आबको उत्पादकत्वको तु्लनामा चालू आबमा करिव २१ प्रतिशतले बढेको छ भने गत आबको तुलनामा पनि उत्पादनमा कमि आए पनि उत्पादकत्व बढेको मन्त्रालयले बताएको छ।
मन्त्रालयकाअनुसार यो वर्ष १४ लाख ५८ हेक्टर क्षेत्रफमा धान उब्जनी भएको मन्त्राएको अनुमान छ।
५ वर्षको धान उत्पादनको स्थितिः
वर्ष | खेती गरिएको क्षेत्रफल (हेक्टरमा) | कुल उत्पादन( मेट्रिकटन) |
२०७२ | १३ लाख ६२ हजार | ४७ लाख ७८ हजार |
२०७३ | १५ लाख ५२ हजार | ५२ लाख ३२ हजार |
२०७४ | १४ लाख ६९ हजार | ५१ लाख ५१ हजार |
२०७५ | १४ लाख ९१ | ५६ लाख १० हजार |
२०७६ | १४ लाख ५८ हजार | ५५ लाख ५० हजार (मन्त्रालयले गरेको प्रक्षेपण) |
स्रोतः कृषि तथा पशुपंक्षी विकास मन्त्रालय