कृषि तथा पशुपंक्षी विकास मन्त्रलायले कृषिजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण नरोक्न सरोरकारवालाई अनुरोध गरेको छ।
आधारभुत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपंक्षीको दाना र आहारा, कुखुरा चल्लाको उत्पादन, ढुवानी तथा बिक्री वितरण कार्य सुचारू राख्न अनुरोध गरेको हो।
यस कार्यमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयका सहसचिव हरि बहादुर केसी र पशु सेवा विभागका महानिर्देशक बंशी शर्मालाई जानकारी गराउन समेत मन्त्रालयले आग्रह गरेको छ।