कालिमाटी तरकारी बजारमा भरतबाट तरकारी ल्याउन रोक लगाइएको छ।
कालिमाटी तरकारी तथा फलफुल विकाश समितीले भारतबाट आएका तरकारी प्रवेशमा रोक लगाउने भएको छ।
समिति,काठमाडौं महानगरपालिका, सुरक्षा निकायका प्रतिनिधी लगायतको आज बसेको बैठकले सो निर्णय गरेको समितीका निर्देशक तेजेन्द्र प्रसाद पोखरेले जानकारी दिए।
भरतबाट आउने चालक तथा सहचालकबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना भएकाले रोक लगाइएको पोखरेले बताए।
यो निणर्य निणर्य १८ गतेबाट लकडाउनको अवधीभर लागु हुने उनले जानकारी दिए। भरतबाट तरकारी नआएपनि अभाव भने नहुने उनको दावी छ।
‘हामीले कालीमाटी तरकारी बजारमा मात्र रोकेका हौ। यहाँ नेपालकै विभिन्न ठाउँबाट आएको तरकारीले पनि पुग्छ त्यसैले अभाव हुदैन,’ उनले सेतोपाटीसगँ भने।
१८ गते अघि सूचना निकालेर सबैलाई जानकारी दिने र लकडाउन निरन्तर भएमा १८ गतेदेखि यो निर्णय लागू हुने छ।
त्यस्तै कालिमाटी तरकारी बजारमा दुइपांग्रे सवारी सधान प्रवेशमा पनि रोक लाग्ने भएको छ। अत्याधिक सवारीसाधनका कारण ग्राहकको दूरी काम गर्न कठिन ुहुने भएकाले उक्त नियम लागू गर्न लागिएको पोखरेलले जानकारी दिए।