कालिमाटी तरकारी बजारमा थोक र खुद्रा कारोबारका लागि फरक फरक समय तोकिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजारमा एकैपटक दुबैथरीका ग्राहक आउँदा भीड हुने भएकाले यस्तो नियम ल्याउने भएको हो।
समितिका निर्देशक तेजेन्द्र पोखरेलले थोक कारोबारका लागि बिहान २ देखि ७ बजेसम्म र खुद्राका लागि बेलुका ५ देखि ७ बजेसम्ममात्र कारोबार खुल्ला हुने जानकारी दिए।
‘खुद्रा र थोक खरिदकर्ता एकैपटक आउदा संक्रमण फैलने सम्भावना झन् धेरै भयो त्यसैले समय तालिका निर्धारण गरेका हौ,’ पोखरेलले भने।
थोक र खुद्राका लागि पसलहरुको स्टल नै फरक ठाउँमा भएका कारणले यो व्यवस्था सहजै कार्यान्वयन हुने उनको भनाइ छ।