कृषि मन्त्रालयले सहजीकरण गर्नका लागि द्रुत कार्यदल बनाएको छ।
कृषिजन्य वस्तुको उत्पादन तथा वितरणमा कुनै समस्या आएमा तत्काल समाधान गरी सहजीकरण गर्नका लागि उक्त कार्यदल बनाएको जानकारी दिएको छ।
दैनिक आवश्यक पर्ने खाद्य वस्तुको उत्पादन तथा वितरण सुचारु राख्ने सरकारको निर्णयअनुसार कहि कतै अवरोध भएको भए यो कार्यदलले सहज बनाइदिने छ।
यो कार्यदलले कृषि बाली उत्पादनका लागि मल बिउँदेखि उत्पादित वस्तुको बजारीकरणसम्मका समस्या समाधानका लागि काम गर्ने छ।
कुनै समस्या भएमा कार्यदलका सदस्यलाई फोन गर्न मन्त्रालयले आग्रह गरेको छ।