कोभिड–१९ को विश्वव्यापी महामारी रोक्न गरिएको देशव्यापी बन्दाबन्दी(लकडाउन)मा कृषि तथा पशुपंक्षी क्षेत्रमा परेका समस्या समाधान गर्न कृषि तथा पशुपंक्षी मन्त्रलायले द्रुत कार्य समुह गठन गरेको छ।
बन्दाबन्दीमा कृषि तथा पशु उत्पादन गर्न असहज वा बजारीकरण गर्न समस्या भए त्यसको समाधान गर्न मन्त्रालयले द्रुत कार्य समुह गठन गरेको हो।
खाद्ययवस्तु लगायत रासायनिक तथा प्रांगरिक मल, बिउबीजन, जीवनाशक विशादीहरू, पशुपंक्षीका औषधिहरू, दाना आहारा, चल्ला, अण्डा, माछामासु बेच्ने पसलहरूका सेवा स्थानीय प्रशासनसँग समन्वय गरी सूचारू गर्न मन्त्रालयले अनुरोध गरेको छ।
पशुखाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध, अण्डा, मह, दाना,च्याउ) कुखुरा, खसीबोका, पराल, भुसा, साइलेज, ढुटो, मौरीघार÷गोला, गावरमल, लगायतका कृषिजन्य वस्तुहरूको ढुवानी गर्न असहज भए द्रुत कार्य समुहमा जानकारी गराउन आग्रह गरेको छ।
खाद्यवस्तु ढुवानीमा असहज भए समुहमा मन्त्रालयका सहसचिव हरिबहादुर केसी(९८५१२२५७५५), पशुसेवा विभागका महानिर्देशक वंशी शर्मा(९८५१०६७३८७) र मन्त्रालयका पशु चिकित्सक पूर्ण बहादुर बुढा(९८४९४५००६)लाई सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।