नेपाल किसान संघले सरकारसँग किसानका समस्या समाधान गर्न माग गरेको छ।
लकडाउनका कारण किसानका उत्पादनले बजार नपाउँदा खेर जाने अवस्था आएको र यसले किसानको भविष्य नै संकटमा पार्ने भन्दै संघले तत्काल व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।
विज्ञप्ति जारी गर्दै संघले व्यवसायिक उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन नपाएर त्यसै नष्ट भएर ठूलो ऋणमा डुबेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमीहरु गम्भीर संकटमा रहेको सरकारलाई अवगत गराएको छ।
'सरकारसँग श्रमिक किसानलाई गासबासको व्यवस्थापनका लागि कुखुरा पालक किसान, दुग्ध उत्पादक किसान, मह उत्पादक किसान लगायत सबै खाले व्यावसायिक किसानहरुको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न नेपाल किसान संघ जोडदार अपिल गर्दछ । अन्यथा हामी संघर्षमा उत्रन वाध्य हुनेछौँ' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।