विश्वव्यापी फैलिएको कोरोना महामारीपछि खाद्य संकट आउन नदिन बाझों जमिन उपयोग गर्ने नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिइएको छ। खाद्यका लागि कृषि अभियानले ध्यानाकर्षण पत्र बुझाउँदै दिर्घकालिन रूपमा समस्या समाधान गर्न यस्तो सुझाव दिएको हो।
कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको पत्रमा प्रत्येक स्थानीय तहमा खाद्य सुरक्षाको लागि आन्तरिक उत्पादन बढाउन सुझाव दिइएको छ।
किसान परिवारलाई तत्कालै उपलब्ध हुने गरी नगद प्रवाह गर्ने व्यवस्था मिलाउन समेत अभियानले सुझाव दिएको छ। यस्तो नगद उपलब्ध गराउँदा
कमसेकम नेपालले ठूलो परिमाणमा र बिना रोकतोक कृषि उपज आयात गर्ने मुलुक भारतले प्रति किसान परिवार उपलब्ध गराएको नगद अनुदान बराबरी वा सो भन्दा बढी रकम उपलब्ध गराउन आवश्यक रहेको अभियानले बुझाएको ध्यानाकर्ष पत्रमा उल्लेख छ।
‘स्थानीय तहमार्फत श्रमिक÷किसानहरु जसले जमिन पाएमा आफ्ै खेतिपाति गर्न आँट गर्छन् उनीहरुलाई खेतिपातिका लागि आवश्यक सेवा रसामग्रीहरुमा पहुँच सहज बनाउनुका साथै उपयुक्त वातावरण तुरून्तै उपलव्ध गराउनु पर्नेछ,’ ध्यानाकर्ष पत्रमा उल्लेख छ।
नगरपालिका, वडा तह र कृषि तथा पशु सेवा विकास केन्द्र बिचसहकार्य गरी नगरउन्मुख बस्तीहरुमा कौशी या करेसाबारीका लागि चाहिने उत्पादनसँग सम्बन्धित सामग्रीहरु सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन समेत अभियानले आग्रह गरेको छ।
ध्यानाकर्ष पत्रमा उल्लेख भएअनुसार खेतीयोग्य तर प्रयोगमा नआएका नीजि तथा सार्वजनिक जमिनहरुलाई उत्पादन गर्न प्रोत्साहन गर्ने नीति अबिलम्ब लिनु पर्ने छ। विदेशबाट फर्केका, सहरबाट गाउँ पुगेका युवा र बर्षांैदेखि यसबाट वन्चित समुदायलाई यस्तो जमिन उपलव्ध गराउन सकिने छ।