लकडाउनले गर्दा तपाईको तरकारी बिक्री भएको छैन वा बजार नपाएर चिन्तित हुनुभएको छ? त्यसो भए कृषि तथा पशुपंक्षि विकास मन्त्रालयलको वेबसाइटमा गएर तपाई आफूसँग भएको तरकारकारीको विवरण राख्न सक्नुहुन्छ।
मन्त्रालयले डिजिटल कृषि बजारको स्थापना गरेको छ। लकडाउनले गर्दा किसानले उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासो गरेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ।
उत्पादक र व्यवसायी बीच सम्पर्क गराईदिन उक्त बजारको स्थापना गरिएको मन्त्रलयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।
उनकाअनुसार किसानले आफूसँग भएको उत्पादनको विवरण मूल्य र परिमाण फोन नम्बरसहित वेवसाइटमा राख्न सक्नेछन्। त्यस्तै व्यवसायीले पनि आफूलाई चाहिएको तरकारीको विवरण आफ्नो नम्बर सहित वेवसाइटमा राख्नेछन्।
यसरी उत्पादक र व्यवसायीले आफूलाई चाहिएको सामानको लागि सम्पर्क गरेर बिक्री वितरण गर्ने छन्।
मन्त्रालयले बनाएको डिजिटल कृषि बजारको लिङ्क
https://www.moald.gov.np/demand-analysis?fbclid=IwAR3yHIqXPlNvfnjr8H7gXg7EtK868hmOGYvwxqmh5_CAvbN7HH2mG_1i93I