सरकारले प्रमुख बालीको समर्थन मूल्य खेती लगाउने बेला नै निर्धारण गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख बालीको खेतीकै समयमा समर्थन मूल्य निर्धारण गरिने बताइन्।
हाल विभिन्न खाद्यान्न तथा तरकारी बिक्री नभएर किसानको उत्पादन खेर गइरहेको अवस्थामा सरकारले यस्तो नीति अघि सारेको हो।
सरकारले किसानको न्यूनतम प्रतिफल शुनिश्चित गर्नका लागि समर्थन मूल्य पहिलै तोक्ने उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले सघन खेती प्रणालीका माध्यमबाट कृषि उत्पादन बढाइने बताइन्।
त्यस्तै समयमै रासायनिक मल, उन्नत बिउ, सिचाइँको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘स्वदेशी बस्तुको उत्पादन गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारा सरकारले अघि सारेको छ।