अनलाइन सपिङ स्टोर ग्यापु मार्केटप्लेस र मेरो एग्रो प्रालिले करेसाबारी र कौसी खेतीबारे निशुल्क अनलाइन तालिम दिने भएका छन्।
शुक्रबार दिउँसो चार बजे जुम मिटिङरुममा सुरु हुने तालिम साप्ताहिक रुपमा एक महिना सम्म चल्ने छ। तालिम ग्यापु मार्केटप्लेसको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिने छ।
इच्छुक जो कोहि तालिममा सहभागी हुन सक्नेछन्। जुम मिटिङको आइडी ८५७०७९२९५४७ र agrogyapu पासवर्ड रहेको छ।
तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने मेरो एग्रो प्रालिका निर्देशक एस के श्रेष्ठले जानकारी दिए।
उनका अनुसार तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने छ। भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइने छ।
खेती गर्न इच्छुक तर बीउ र मल नहुने ग्राहकलाई घरैमा डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका निर्देशक ज्ञानेन्द्र खड्काले बताए।
लकडाउनले गर्दा फुर्सदिला व्यक्तिहरुलाई समय अनुसारको तरकारी खेती सम्बन्धी तालिम दिई बाँझो बारी र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको खड्काले बताए।