आगामी आर्थिक वर्ष २०७७/७८ सालको बजेटमा दूध क्षेत्रमा राहत प्याकेज ल्याउन दूध व्यवसायीले माग गरेका छन्। दूध क्षेत्रमा गरिएको लगानी जोगाउन नेपाल डेरी एशोसिएसनले राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको हो।
कोरोना भाईरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पार्टी प्यालेस, स्कुल, होटल, रेष्टुरेण्ट, क्यान्टिन अनि शहरका मानिस गाउँ गएका कारण करीब ८० प्रतिशत बजार गुम्न गई उत्पादन लागत बढि भएकाले दूध क्षेत्रमा अर्बौ रूपैयाँ नोक्सान भएको एशोसिएसनले बताएको छ।
लकडाउनका दूध क्षेत्रलाई सुचाररू हुन दिएपनि मूख्य सिजनमा बजार नहुँदा संचालनमा रहेर पनि घाटा भएको एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए।
सिजनमा प्रयोग गर्न भनेर भण्डारण गरिएको र एक वर्ष मात्र डेट भएको अब बाँकी जम्मा ५ महिना मात्र डेट भएको ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्रि नभई डम्प भई चालु पुँजी जाम भई किसानको भुक्तानी दिन नसकेका, नियमित घरभाडा, तलब, बैंक व्याज, बिजुली लगायत खर्च यथावत रहेकोले सोको व्यवस्थापन गर्न सरकारले विना धितो उद्योगको प्रमाण पत्रको आधारमा सहुलियत दरको ऋण कम्तिमा पनि ५ वर्षको लागि दिनु पर्ने उनीहरूको माग छ।
उद्योगहरुले यस भन्दा पहिला लिएको ऋणको भाका २ वर्ष बढाई लक डाउन अवधिभरको व्याज मिनाह गरिनु पर्ने माग राखेका छन्। प्रयोग हुँदै आएको विद्युतमा ५० प्रतिशत छुट र पहिले ५० प्रतिशत छुट लिईंदै आएको भ्याट छुट पुनः लागु गरिनु पर्ने उद्योगी व्यवसायीले बताएका छन्।
सरकाले राहत प्याकेज नदिए ३० अर्वभन्दा बढि लगानी रहेको दूग्ध क्षेत्र पलाएन हुने व्यवसायीहरूले बताएका छन्।
एशोसिएसनका अनुसार दूध क्षेत्रमा ५ लाख कृषक परिवार प्रत्यक्ष जोडिएका छन्। २० हजारभन्दा बढि मानिसहरुले दूध उद्योग क्षेत्रमा रोजगारी पाएका छन्।।