सरकारले अनुदान दिनका लागि उखु किसानलाई स्थानीय तहमा दर्ता हुन आव्हान गरेको छ।
उखु किसानलाई अनुदान दिने कार्यविधिले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका किसानलाईमात्र अनुदान दिने व्यवस्था गरेको छ।
सोहीअनुसार उखु उत्पादन गर्ने सबै किसानलाई आफ्नो स्थानीय तहमा गएर सूचीकृत हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आव्हान गरेको छ।
दर्ताका लागि चाहिने कागजपत्र तथा प्रक्रियाको बारेमा स्थानीय तहमै सम्पर्क गर्न मन्त्रालयले अवगत गराएको छ।
यसरी दर्ता भएपछि किसानको बैंक खातामा सरकारले अनुदान उपलब्ध गराइदिने छ।