नेपाल दाना उद्योग संघले कुखुरालाई प्रयोग गरिने दानामा १ प्रतिशत मात्र कृषि सुधार शुल्क तथा भन्सार दर लगाउन आग्रह गरेको छ। दानामा भन्सार दर बढाउँदा मूल्य बढ्न गई कृषक तथा उपभोक्तालाई मार पर्ने भएकोले भन्सारदर पहिल्यैको अवस्थामा लगाउन आग्रह गरेको हो।
विगतका वर्षमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क १.६ प्रतिशत लगाएको थियो। डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि २०७४/०७५ मा ५ प्रतिशत लगाइयो। आगामी आर्थिक वर्षदेखि मकैमा ५ प्रतिशत र पिनामा ९ प्रतिशत भन्सार दर लगाउने भनिएको छ।
‘लकडाउनले अर्बौको घाटा व्यहोरेको पोल्ट्री व्यवसायलाई केही राहतका कार्यक्रम आउँला भन्ने सोचेका थियौं, झनै शुल्क बढाइयो,’ संघका अध्यक्ष रबिन पुरीले भने।
सरकारले तत्काल शुल्क नघटाए पोल्ट्री व्यवसायनै पलाएन भई मासुको मूल्य बढ्ने उनको भनाइ छ।