विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसले लकडाउन सुरूभएको दिनदेखि जेठ २९ गतेसम्ममा छिमेकी मुलुक भारतबाट ९६ हजार मेट्रिक टन तरकारी आयात भएको छ।
स्वदेशमा उत्पादन भएको तरकारीले बजार नपाइरहेको अवस्थामा पनि छिमेकी मुलुकबाट तरकारी भने आइरहेको छ।
तरकारी मात्र नभइ ग्यास, इन्धन, खाद्यान्न, दूग्ध पदार्थ तथा औषधिगरी १२ करोड ५६ लाख मूल्य बराबरको सामान आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
उक्त अवधिमा सबैभन्दा बढीे १२ लाख २८ हजारको औषधिको कच्चा पदार्थ र ४३ लाख ४१ हजार मूल्य बराबरको तयारी औषधि आयात भएको छ।
त्यस्तै, एलपिजी ग्यास ८८ हजार मेट्रिक टन, डिजेल १ लाख ५२ हजार, पेट्रोल ६४ हजार ९ सय किलोलिटर, खाद्यान्न २ लाख ९१ हजार, तरकारी ९६ हजार, गेडागुडी÷दाल ७४ हजार २ सय र दूग्धजन्य पदार्थ ११ हजार ४ सय मेट्रिक टन आयात भएको छ।