मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असारे धानको समर्थन मूल्य तोकेको छ। मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २७ सय ३५ रूपैयाँ र मध्यम खालको धान मूल्य प्रतिक्वीन्टल २८ सय ८५ रुपैयाँ तोकेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बमोजिम धानको न्युनतम समर्थन मूल्य तोकिएको छ। मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको हो।
गत वर्षहरूमा बाली भित्र्याउने बेलामा मन्त्रालयले सर्मथन मूल्य तोक्ने गरेको थियो। बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोकिदिँदा किसानलाई बाली लगाउन सहज हुने मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए।
चालू आर्थिक वर्षमा सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो।