तुलसीपुर उपमहानगरपालिकाले किसानलाई अनुदानमा पाँच वटा पावर टिलर वितरण गरेको छ।
ठूलो परिमाणमा कृषि गर्ने समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गर्न थालिएकाे हाे। प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान दिइएको छ।
तुलसीपुर वडा नम्वर ३ को सिद्धबाबा कृषि सहकारी संस्था, वडा नम्वर ८ को थर्कोट कृषि सहकारी सँस्था, वडा नम्वर १८ को विजौरी साना किसान कृषि सहकारी संस्था, वडा नम्वर ७ को नमुना सहकारी संस्था र सोमनाथ कृषि सहकारी संस्थालाई पावर टिलर खरिदका लागि अनुदान प्रदान गरिएको छ।
कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धिका लागि स्थानीय सरकारले पावर टिलरमा अनुदान दिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए।
जीविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायीकरण गर्न नयाँ प्रविधिमा जोड्न आवश्यक रहेको उनले तर्क छ।
कृषिमा आत्मनिर्भर भएमात्रै देश सम्बृद्ध बन्ने मेयर पाण्डले बताए।
त्यस्तै उनले किसानको सुविधालाई ध्यानमा राखेर हरेक वडामा कृषि इकाइहरु गठन गर्न थालेका नगरप्रमुख पाण्डेले जानकारी दिएका छन्। उनले अनुदानमा दिएको उपकरणकाे सही सदुपयोग हुने विश्वास समेत व्यक्त गरे।