धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन ६ गतेसम्ममा ९१.६८ प्रतिशत भुभागमा रोपाइँ सकिएको हो।
गत वर्ष सोही अवधिमा ६३.७९ प्रतिशत भुभागमा रोपाइँ भएको थियो। समयमै मनसुन सुरू हुनाले रोपाइँ बढेको मन्त्रालयले बताएको छ।
उक्त अवधिमा उच्च पहाडमा ८७.६५ मध्य पहाडमा ८५.३२ र तराईमा ९४.१७ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।
सबैभन्दा बढी कर्णाली र प्रदेश २ मा क्रमशः ९६.२३ र ९६.७७ प्रतिशत भुभागमा रोपाइँ भएको छ। त्यस्तै, सुदुरपश्चिम र प्रदेश ५ मा क्रमशः ९५.४९ र ९५.१४ प्र प्रतिशत भुभागमा रोपाइँ सकिएको छ। प्रदेश १ र प्रदेश ३ मा क्रमशः ८२.४१ र ८२.२२ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ भने गण्डकी प्रदेशमा ९१.११प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।