राष्ट्रिय कृषक समुह महासंघले मल आयात तथा बिक्री वितरण गर्ने जिम्मेवार पाएका निकायलाई समयमै मल आयात गरी बिक्री वितरण गर्न ध्यानाकर्षण गरेको छ।
विभिन्न बाहाना पारेर किसानलाई मलको समस्या पार्न नहुने भन्दै महासंघले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेड्रिलाई किसानलाई समयमै मल दिन ध्यानाकर्षण गरेको हो।
विगतवर्षहरु देखि नै मल समयमा, व्यवस्थित र सरल मूल्यमा उपलव्ध गराउन सरकारसँग महासंघले अनुरोध गर्दै आएको छ।
यस वर्ष पनि कहिले असार १५ सम्ममा आउँछ, साउनपहिलो हप्ता सम्ममा आउँछ, साउन १५ देखि २० सम्ममा आउँछ भन्दाभन्दै उनीहरुको गैर जिम्मेवारीपनाका कारण हाल सम्म पनि किसानहरुले मलपाउन नसकेको महासंघले बताएको छ।
यस वर्ष मनसुन सकृय भएकोले किसानहरुले समयमाधान खेती त लगाए तर धान खेतीमा चाहिने मल गोडमेल गरि सक्ने समय हुँदा पनि नपाए पछि किसानहरु सडकमा आउनबाध्य हुने उनले बताए।
महासंघले बुधबार सरकार र मल आयातगरि किसानलाई उपलब्ध गराउन जिम्मेवारी पाएका निकायहरुलाई ध्यानाकर्षण गराउने र आगामी वर्षहरुमा यस्तो अवस्थान आओस् भनि सजग गराउने उद्देश्यका साथ ७गाँउ/नगरपालिका, जिल्ला, प्रदेश तहमा अभियानको रुपमा ज्ञापन पत्र पेश गरको छ।