मोरङको बुढिगंगा गाउँपालिका-६ का किसानहरूले बेच्न नपाएपछि मकै कुहिन थालेका छन्। उक्त वडाका किसान टिक नारायण चौधरी ले ३ बिगाहा मा मकै लगाएका थिए।
पोहोर मनको १२ सय देखि १३ सय सम्ममा बिक्रि भएको मकै यसपालि पनि राम्रै भाउमा बिक्रि हुने सोचेर खेति गरे। तर यसपालि भने साउँ समेत उठ्न नसक्नेमा चिन्तित छन्।
बुढिगंगा गाउँपालिका मकै खेतीको पकेट क्षेत्र हो।
पोहोर राम्रो भाउ पाएर हौसिएर खेतिमा लागेका किसानलाई अहिले मकै कहाँ थन्काउने भन्ने पीरले सताएको छ।
'मेरै टोलमा मात्रै १०,१२ जनाले खेति गरेका छन् अरू तिर पनि टन्नै छ मकैको खेति ,’ उनले भने, 'अहिले भाउ नपाएपछि सबैलाई पीर परेको छ।'
किसानले मकै छर्ने समयमा मल अभाव झेलेका थिए। उम्रिएपछि अमेरीकन फौजि किराको प्रकोप सहनु पर्यो। बल्ल तल्ल जोगाएको मकै अहिले कसैको बाटोमा कसैको घरआँगनमा थुप्रिएको छ, कति को त कुहि नै सकेको किसानहरू बताउँछन्।
अर्का किसान बोध नारायण सिकदारका अनुसार दु:ख सुख जोगाएको र जोगिएको मकै फ्याक्ट्रिमा बेच्न लग्यो भने दलाल बाट आउनुहोस,प्यान नम्बर लिएर आउनुहोस भन्छन।
'डिलरवालाले लिन मान्दैन,' चौधरीले भने, 'बिक्रि नहुँदा कसैको बाटामै छ, कसैको घरमा थुप्रिरहेको मकै अब त कुहिन थाल्यो।’
कृषि ज्ञान केन्द्र सुनसरी- मोरङका प्रमुख नुनलाल उराँबले कोरोनाको असरका कारण किसानको मकै बिक्न नपाएको बताए।
दाना फ्याक्ट्रिमा लैजान नसकेका कारण र सरकारले पनि बर्षेनी तोक्ने मकैको मूल्य समयमै तोक्न नसकेका कारण यसको मार किसानलाई परेको उनको भनाइ छ।
केन्द्रले अब मकैको मूल्य निर्धारण तथा बिक्रिको लागि आवश्यक पहल गर्ने उनले बताए।