कृषि विभागले कृषि उपजको बिक्री वितरण गर्ने विद्युतीय बजारलाई (इकमर्श) अवरोध नपुर्याउन आग्रह गरेको छ। अनलाईन मार्केटिङमार्फत कृषि उपज बिक्री वितरण गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई प्रहरी प्रशासनबाट अवरोध गरेको भन्दै विभागले अवरोध नर्गन आग्रह गरेको हो।
कृषि उपज उत्पादन तथा वितरण प्रणाली खल्बलिन नदिनको लागि विद्युतीय बजार लगायतका बजारीकरणका माध्यमलाई सहजीकरण गर्न आवश्वय रहेको विभागले बताएको छ।
खाद्यान्न, तरकारी, फलफुल, च्याउलगायतका अत्यावश्यक कृषि उपजहरूको ढुवानी एवम् बिक्री वितरणमा असहजता उत्पन्न हुन गएमा एकातर्फ कृषकले उत्पादन गरेको बिक्री हुन नसकेर खेर जाने र अर्कोतर्फ उपभोक्तालाई सहजरूपमा उपलब्ध नहुने अवस्था श्रृजना हुने विभागले बताएको छ।