कृषिमा सपना
दाङस्थित सिद्धरत्ननाथ मावि, नारायणपुरको कहिल्यै खेती नभएको बञ्जर डाँडोमा अहिले ताइवानबाट ल्याएका मेवाका बोट लटरम्म फलेका छन्।
यो खेती दाङकै अधिवक्ता कुलबहादुर डाँगी र शिक्षक तुलसीराम केसी गरेका हुन्।
साढे दुई विघा जमिनमा 'रेड लेडी' जातको मेवा खेती गरेको एक वर्षमा उनीहरूले प्रतिफल पनि पाउन थालिसकेका छन्।
हाल एक किलो मेवाको ५० रूपैयाँ मूल्य तोकेका उनीहरूले ३ हजार ५ सय जति मेवाका बोट रोपेका छन्। अहिलेसम्म २४ लाख खर्च भएको र पहिलो लटमै राम्रै फाइदा हुने उनीहरूको अनुमान छ।
यो पनि पढ्नुस्ः वर्षमा एक अर्बको स्याउ बेच्ने सपना
पूरा स्टोरी पढ्न यहाँ क्लिक गर्नुस्ः बञ्जर जग्गामा 'रेड लेडी' फलाइरहेका कुलबहादुर र तुलसीराम