चिया तथा कफी क्षेत्र विकासको लागि अध्ययन अनुसन्धान गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ।
उक्त सम्भौता भएसँगै नार्कले नेपाली माटो तथा हावापानी सुहाउँदा चिया तथा कफी उत्पादन र प्रविधि विकासको लागि नार्कले अध्ययन अनुसन्धान गर्दछ।
रोग नलाग्ने कफीको नयाँ जातहरूको अध्ययन गर्ने काम नार्कले गर्दछ।
बोर्डले सम्भौतामा उल्लेख गरिएका लक्ष्य प्राप्तीका लागि अध्ययन क्षेत्र उपलब्ध गराउँछ। साथै नार्कलाई कृषकसँग समन्वय गराइदिने काम पनि बोर्डले गर्दछ।