दशैंको टीका सकिएसँगै राजधानीमा तरकारीको मूल्य घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार दशै सकिएसँगै तरकारीको मूल्यमा पनि केही गिरावट आएको छ।
काउली-बन्दा लगायतको मूल्य घट्न थालेको तरकारी उत्पादक किसान रेशमराज आचार्यले बताए।
‘पहिले काउली किलोको ११०-१२० आउँथ्यो, अहिले ९०-१०० मा झरेको छ,’ उनले भने।
गोलभेंडाको उत्पादन सकिँदै गएकाले गोलभेंडाको मूल्यचाहिँ बढ्न सक्ने उनले बताए।
मौसमी तरकारीको उत्पादन हुन थालेपछि तरकारीको मूल्य केही घट्ने क्रममा रहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘अब तरकारीको मूल्य घट्छ नैचाहिँ भन्न सकिँदैन, हिउँदे तरकारीको उत्पादन हुन थालेपछि क्रमश: घट्दै जान्छ,’ उनले भने।
तथ्यांक अनुसार कात्तिक ७ गते ठूलो गोलभेंडाको प्रतिकेजी औसत थोक मूल्य ७५, सानो गोलभेंडा ७५, सानो टनेल गोलभेंडा ८५, आलु रातो १ सय ९, भारतीय रातो आलु ६६, प्याज सुकेको भारतीय १ सय ३३, लोकल गाँजर १ सय ५ मा कारोबार भएको थियो।
त्यस्तै, बन्दा ५५, स्थानीय काउली ९५, मुला सेतो ३२, हाइब्रिड मुला ३८, लाम्चो भन्टा ४८, डल्लो भन्टा ५३, तने बोडी ५८, मकै बोडी ४३, घिउ सिमी लोकल ३३, घिउ सिमी हाइब्रिड ३८, करेला ५३ लौका ३७, परबल ७३, घिरौला ५३, फर्सी पाकेको ३३, हरियो लाम्चो फर्सी ४३, भिण्डी ७३, बरेला ३५, स्कुस १२, च्याउ पाते २९० र डल्ले ४ सय ७५ रुपैयाँ कारोबार भएको थियो।
कात्तिक ८ गते अधिकांश तरकारीमा ५ रूपैयाँले वृद्धि भएको छ। ९ गते गोलभेंडा, आलु, प्याज, काउली, डल्ले च्याउ धेरै नै मूल्य वृद्धि भएको छ। गोलभेंडाको प्रतिकेजी औसत मूल्य १ सय ५ देखि १ सय ८ सम्म पुगको छ।
आलु रातो १ सय १४, प्याज १ सय ३७, गाँजर १ सय १५, काउली १ सय १० पुगेको छ।
अन्य तरकारीमा भने ५ रुपैयाँले वृद्धि भएको छ। बन्दा ५८, मुला सेतो लोकल ३३, हाइब्रिड ४३, मकै बोडी ३८, परवल ७८ र भिण्डी ७५ रुपैयाँमा कारोबार भएको छ।
कात्तिक १० गते गोलभेंडा, काउली, च्याउ र करेलाको मूल्यमा ५ देखि १० रूपैयाँले घटेको छ।
अघिल्लो दिनसम्म १ सय ५ देखि १ सय ८ मा कारोबार भएको गोलभेंडा भोलिपल्ट ८८ देखि ९५ रुपैयाँमा काराबार भएको छ।
कात्तिक १२ गते गोलभेंडा ७८ देखि ६४ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै आलु रातो १ सय ९, भारतीय रातो आलु ६५, सेतो आलु ९८, प्याज सुकेको १३३, चाइनिज प्याज १२९, बन्दा ४३, काउली स्थानीय ८७, मुला सेतो २९, हाइब्रिड मुला ३८, भन्टा ४८, मकै बोडी र घिउ सिमी ३३, करेला ५८, लौका ३३, परवल ७५, घिरौला ४५, फर्सी पाकेको ३८, हरियो फर्सी ४८, भिण्डी ७५, स्कुस ११, च्याउ पाते १३० र डल्ले ३ सय ८० रुपैयाँमा कारोबार भएको छ।
कात्तिक १३ गते तरकारीको मूल्य झनै घटेको छ।
गोलभेंडा ६० देखि ६५ रूपैयाँमा कारोबार भएको छ। भारतीय आलु ६५ र लोकल आलु १०२ रुपैयाँमा कारोबार भएको छ।
प्याजको मूल्य भने यथावत् नै छ। त्यस्तै, काउली ८३, मुला सेतो लोकल २९, हाइब्रिड ३८, लाम्तो भन्टा ४३, डल्लो भन्टा ४८, बोडी तने ५३, मकै बोडी ४८, घिउ सिमी लोकल २८, हाइब्रिड ३८, तितेकरेला ४८, लौका २८, परवल ७८, घिरौला ३३, फर्सी पोको ३८, हरियो लाम्चो फर्सी ४५, डल्लो २३, भिण्डी ७३, स्कुस ११, च्याउ पाते १५० र डल्ले ३ सय ५० मा कारोबार भएको छ।
आज शुक्रबार कालिमाटी बजारमा तरकारीको थोक मूल्य आलु रातो ९८, भारतीय रातो आलु ६५, आलु सेतो ८२, प्याज सुकेको १३३, चाइनिज ११९, गाजर लोकल १३०, बन्दा ५२, काउली स्थानीय ८५, मुला सेतो २९, हाइब्रिड मुला ३८, भन्टा लाम्चो ४३, डल्लो ४८, तने बोडी ५३, मकै बोडी ४८, घिउ सिमी लोकल २८, हाइब्रिड ३८, करेला ४३, लौका २८, परवल ७५, घिरौला ३३, फर्सी पाकेको ३८, हरियो लाम्चो फर्सी ४८, डल्लो फर्सी २८, भिण्डी ७३, स्कुस १४, च्याउ पाते १ सय ४० र डल्ले च्याउ ३ सय ४० रूपैयाँमा कारोबार भएको छ।
समितिका अनुसार आजभोलि दैनिक ४ देखि ५ सय टन तरकारी भित्रिएको छ।