भारतमा बितेको एक वर्षमा गहुँबाहेक धेरैजसो अवश्यक वस्तुको भाउ बढेको पाइएको छ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार एक वर्षको अवधिमा आलुको मूल्यमा ९२ प्रतिशतको वृद्धि भएको छ भने प्याजको मूल्य ४४ प्रतिशतले बढेको छ।
यो खाद्य नीतिका लागि एउटा ठूलो चिन्ताका रूपमा देखिएको बताइएको छ। तर विज्ञहरूको बुझाइमा यो वृद्धि अस्थायी हो। उनीहरूका अनुसार आपूर्तिमा वृद्धि हुनेबित्तिकै मूल्यमा कमी आउनेछ।
उपभोक्ता सम्बन्धी मामिला हेर्ने मन्त्रालयले सार्वजनिक गरेको एक तुलनात्मक विश्लेषणले थोकमा प्याजको मूल्य १०८ प्रतिशतसम्म बढेको देखाएको छ।
मन्त्रालयका अनुसार एक वर्षमा प्याजको मूल्य प्रति क्विन्टल १ हजार ७ सय ३९ रूपैयाँबाट बढेर ३ हजार ६ सय ३३ रूपैयाँ पुगेको छ।
गत वर्षसँग तुलना गर्ने हो भने भारतमा शनिबार प्याजको थोक मूल्य ५ हजार ६ सय ४५ भारू थियो जबकी एक वर्ष अगाडि प्रति क्विन्टल १ हजार ७ सय ३९ भारू थियो।
कालीमाटी तरकारी बजारको औषत भाउ अनुसार आजको मितिमा प्याजको मूल्य प्रति क्विन्टल १२ हजार ८ सय रूपैयाँ पर्छ।