डा. योगेन्द्रकुमार कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा नियुक्त भएका छन्। मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो।
यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए।
केही वर्षअघि डा.कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए।
डा. कार्कीले कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। उनी दातृ निकायको अनुदानमा सञ्चालित आयोजनाहरूको डिजाईन र कार्यान्वयनका क्षेत्रका दक्ष मानिन्छन्।
उनले एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुका निर्देशकका रुपमा पनि सेवा गरिसकेका छन्।
डा. कार्की सुप्रवल जनसेवा श्री मानपदवी, सुप्रवल गोर्खा दक्षिणवाहु जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट पनि विभूषित छन्।