उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरूले आन्दोलन गरिरहेका छन्।
विभिन्न जिल्लाबाट आएका उखु किसानहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन्।
चिनी मिल उद्योगीहरूले किसानको सबै भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरूले अडान लिएका छन्।
चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।
सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो।
तर एक वर्ष सम्म पनि उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरू प्रदर्शन गर्न बाध्य भएका हुन्।