भक्तपुरको सूर्यविनायक आदर्श सिपाडेलमा सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा आएको छ।
उक्त बजार निर्माण २०७५ को फागुनदेखि सुरु गरिएको थियो। निर्माण सुरु भएको दुई वर्षपछि बजार सञ्चालनमा ल्याइएको हो।
अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रमा यो बजार रहेको छ।
कृषि बजार आधृनिक रुपमा बनाइएको छ। प्रवेशद्वार आउन र जाने दुई वटा छन्। जहाँ पार्किङको पनि व्यवस्था छ।
कृषि बजारभित्रसम्म तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
सोही बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी दिए।
अहिले अनौपचारिक रुपमा यो बजार सुरु गरिएको छ। वैशाखमा कृषि मन्त्रीबाट उद्धघाटन गरेर औपचारिक रुपमा सुरु गर्ने योजना रहेको उनले बताए।
बजारभित्र सात सय ५० सय स्टलहरु छन्।