नेपाल डेरी उद्योग संघले दूध उत्पादक किसानलाई अनुदान दिन माग गरेको छ।
संघले कोरोना महामारीको दोस्रो लहर चलिरहँदा किसानले उत्पादन गरेको दूध तत्काल बजारमा खपत नभएको भन्दै प्रति लिटर १० रुपैयाँ अनुदानको माग गरेको छ।
गएको एक वर्षदेखि उत्पादित दूधले बजार नपाएको र अहिलेको निषेधाज्ञामा उत्पादनको ३० प्रतिशतमात्र बिक्री भइरहेको संघले जानकारी दिएको छ।
एक वर्षको मागलाई धान्नेभन्दा बढीको सञ्चिति अहिले पनि उद्योगमा रहेकाले थप सञ्चित गर्न नसकिने प्रष्ट पारेको छ। सञ्जित गर्न नसक्ने भएकाले किसानलाई अनुदान दिएर मिल्क होलिडे हुनबाट बचाउनुपर्ने संघको धारणा छ।
उद्योगहरुमा अहिले तीन हजार टन धुलो दूध र २ हजार ५ सय टन सञ्चित रहेको संघले जानकारी दिएको छ। ४ अर्ब २५ करोड बराबरको सामान मौज्दात रहँदा चालु पुंजीको अभाव भएकाले उद्योगलाई पनि सहुलियत कृषि कर्जा दिनुपर्ने संघले माग गरेको छ।
उद्योगहरुको मौजदात हेरी १० करोडसम्मको सहुलियत कृषि कर्जा उपलब्ध गराउन संघले सरकारसमक्ष माग गरेको छ।